प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् ।दीपककुमार साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर भएको हो ।
मन्त्रिपरिषद्मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाएका छन् । त्यसको आधारमा राष्ट्रपतिले कार्यविभाजन गरेका हुन् ।

दीपककुमार साहलाई प्रधानमन्त्रीले आज बिहीबार नै पदमुक्त गरेका हुन् ।








