रौतहट,२६ चैत । रौतहटको मौलापुर नगरपालिकाले मौलापुर बजारका आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।
तीन दिनअघि साहको घरमा ग्यास सिलिण्डर पड़केर आगलागी भएको थियो । घरवार बिहीन भएका पीड़ित परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री मौलापुरका मेयर रिनाकुमारी साहले उपलब्ध गरएकी छन ।

चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर पीडित साह परिवारलाई नगरप्रमुख रिनाले उपलब्ध गराएको हो ।
`आज मौलापुर नगरपालिकाले आगलगी पीड़ित जगदीश साहलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर घरमा पुग्नुभएका नगरप्रमुख रीना कुमारी साहजीले पीड़ितलाई तुरुन्त बासको ब्यवस्था समेत मिलाउने बताउनु भएको छ । मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने ।













