नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ करोबार भैरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो।
चाँदीको मूल्य पनि बढेको छ। यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ ।














