प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् ।













