नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सोमबार पनि जारी छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ चलिरहेको छ। शर्मा र पोखरेलको इजलासले आइतबार यो रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेको थियो।

गत भदौमा भएकोजेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो। त्यसैको आधार उनीहरू दुवै गत चैत १४ बिहान गते पक्राउ परेका थिए।








