प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले भने आईजीपीलाई गृहसचिवले फुली लगाउने चलन छ ।
मन्त्री गुरुङले प्रहरी पोशाक नेपालमै उत्पादन गर्ने र स्तरीय पनि बनाइने पनि बताएका छन् । गृहमन्त्री गुरुङले आफ्ना समस्या राख्न सधै खुला रहेको बताएका छन् ।गृहमन्त्रीको हैसियतमा आफू र रास्वपा पार्टीबाट प्रहरीमा कुनै दबाब, प्रभाव नहुने बताए । संठनलाई बलियो बनाउन आफू भरपुर लाग्ने उनले बताए । आईजीपीलाई थप शक्तिशाली बनाइने पनि उनको बताए ।

सेवा प्रवाह राम्रो गर्न निर्देशन दिँदै मन्त्री गुरुङले कुनै पनि मन्त्रीलाई ट्राफिक सेवामा प्राथमिकता नदिन पनि निर्देशन दिएका छन् ।गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।
विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उल्लेख गरे ।








