नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।
शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र साहले पनि शपथ लिएका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् भने आधा दर्जन मन्त्रालय गाभिएका छन्।

कुन मन्त्रालयकाे जिम्मा कसलाई ?
अर्थ मन्त्रालय– स्वर्णिम वाग्ले
गृह मन्त्रालय– सुधन गुरुङ
परराष्ट्र मन्त्रालय– शिशिर खनाल
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय– सुनिल लम्साल
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय– विराजभक्त श्रेष्ठ
पर्यटनमन्त्री मन्त्रालय– खड्कराज पौडेल (गनेश)
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय– सस्मित पोखरेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री– निशा मेहता
सञ्चार मन्त्रालय– विक्रम तिमिल्सिना
सामान्य प्रशासन मन्त्रालय–प्रतिभा रावल
श्रम मन्त्रालय– दीपक साह
कानुन मन्त्रालय– सोविता गौतम
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय– सीता वादी








