राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् । मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् ।
यसअघिको उनको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए ।‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ उनले भने ।

सुधन गोरखा-१ बाट निर्वाचित भएका नयाँ सांसद हुन् ।













