पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन्।भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्।‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’ भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो समिट मार्च १२, १३ र १४ सम्म चल्नेछ।समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।













