आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बुधबारदेखि कालिन्चोक हाइड्रोपावरको आईपीओ खुलेको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयबासी र ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई आजबाट खुलेको हो । प्रभावित स्थानीयका रुपमा दोलखा जिल्लाको बिगु नगरपालिका वडा नम्बर ८ तथा कालिन्चोक गाउँपालिका १ र २ का स्थानीय पर्छन् ।













