आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ६९ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२४ वटा धितोपत्रको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच भएको हो।

आइतबार ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२० वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्।













