७६ औं प्रजातन्त्र दिवस मनाइएको छ।सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी प्रजातन्त्र दिवस मनाइएको हो।समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरे भने विभिन्न सांस्कृतिक झाँकीहरू पनि देखाइएको थियो। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।













