सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ।नेप्से ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ११ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ७ अर्ब ९४ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच भएको हो।सोमबार ८६ कम्पनीको सेयरमूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।














