बुधबार नेप्से परिसूचक स्थिर छ।मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भएको छ।कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ८ अर्ब ६९ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२९ वटा धितोपत्रको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच भएको हो।बुधबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।













