काठमाडौँबाट ओखलढुंगाको रगनी जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस बस रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ स्थित मसानटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको हो । घटनास्थलमा रहेका गोपाल थोकरले सामाजिक सञ्जालमा लाइव गरेको भिडियो हेर्दा दुर्घटनामा ठूलो हताहती भएको आशंका गरिएको छ ।
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जनाको जीवितै उद्दार गरिएको रामेछाप प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् । घटनाका विस्तृत विवरण आउने क्रममा रहेको छ ।













