नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा केहीबेरदेखि बन्दसत्र सुरु भएको छ ।बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।
दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहनेगरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन् । जस अनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउनेगरी प्रस्ताव राखेका छन् ।

त्यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव शर्माले राखेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदमा उनले पुरानै प्रस्ताव दोहोर्याएका छन् ।






