नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला चार हजार एक सय रूपैयाँ महँगो हो।
सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













