काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।
रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।
पाठकका अनुसार कुराकानी क्रममा मेयर बालेन झापा–५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए।
मेयर बालेनले आफ्नो टिमले झापा–५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्वेक्षण गरेको समेत जानकारी गराएका थिए।
झापा–५ ओलीको निर्वाचन क्षेत्र पनि हो। उनी त्यहाँबाट लगातार चुनाव जित्दै आएका छन्।













