नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डप र्याली जारी छ ।दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ छ ।
विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ ।महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।

भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ ।पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट गएका जुलुस भृकुटीमण्डप पुगेका छन् ।













