सिन्धुपाल्चोक- नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशनबाट ज्योतिषी नारायण दत्त ढुङ्गाना पुनः अध्यक्षमा निर्वाचित भएका छन्। बलेफी गाउँपालिका वडा नं. ५ स्थित वडा कार्यालय परिसरमा आइतबार सम्पन्न अधिवेशनले ढुङ्गानाको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेज नारायण सापकोटा, उपाध्यक्षमा जितबहादुर पोखरेल र गोविन्दप्रसाद आचार्य चयन भएका छन्। सचिवमा सूर्यप्रसाद पौडेल, सहसचिवमा शम्भु सुवेदी र भूपेन्द्र भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा बाबुराम नेपाल र सह–कोषाध्यक्षमा भुवनदेव नेपाल चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा नकुल अर्याल, लोकनाथ नेपाल, नेत्रप्रसाद नेपाल, यामप्रसाद शर्मा, डोलप्रसाद स्वार, कृष्णप्रसाद नेपाल, बालकृष्ण तिमल्सिना, शंकरप्रसाद अधिकारी, बाबुराम ढकाल, केदारनाथ नेपाल, आदित्य पौडेल, अनन्त नेपाल र ऋषिराम नेपाल रहेका छन्।
अधिवेशन जिल्ला अध्यक्ष नारायण दत्त ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धिताल प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै केन्द्रीय तथा बागमती प्रदेश समितिका पदाधिकारीहरू र विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













