नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो निजी महत्त्वाकांक्षा केही नभएको बताएका छन् । पार्टीको सभापति, देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई नलोभ्याउने उनले उल्लेख गरेका छन् ।
आइतबार (पुस २७) सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो सन्देशमार्फत उनले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजित विशेष महाधिवेशनको उद्घाटनअघि सार्वजनिक भिडियोमार्फत उनले कांग्रेस नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा आफू संघर्षरत रहेको बताएका छन् ।

“मैले कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ । धेरै युवा साथीहरू मसँग जोडिए । म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्नेमा संघर्षरत रहेँ,।






