नेपाल टेलिकमले हाल विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ।
आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमको भनाइ छ।

के हो एनटी फाइबर विद्यार्थी अफर?
नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरूका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो।
एनटी फाइबर अन्तर्गत भ्वाइस, डेटा, एनटिटिभी र मोबाइल डेटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डेटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो।
सो अफर अन्तर्गत ३० एमबिपिएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रूपैयाँ मात्र छ।
यसबाट प्रतिदिन २५ जिबी डेटा चलाउन सकिन्छ भने त्यो भन्दा बढी डेटा खर्च भयो भने यसको स्पिड ५ एमबिपिएस हुनेछ।
यसका लागि जडान शुल्क ५०० रूपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सिपिई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन्।
अफर लिन के गर्ने ?
एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।
कुन कुन कागजात संलग्न गर्नुपर्छ ?
वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
यो अफरको समयावधि सकिए पछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरु मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।






