राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।
यसअघि पेसी चढेर पनि पटक–पटक स्थगित हुँदै आएको मुद्दामा आज भने सुनुवाइ भएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने र जोशी पुर्पक्षका लागि थुनामा छन् ।














