मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सोमबार सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो।

यस्तै, मंलगबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेको छ।
चाँदी मंगलबार तीन हजार आाठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












