नेपाली कांग्रेसले कीर्तिपुरबाट काठमाडौं उपत्यकाको चुनावी सभा सुरू गरेको छ।आइतबार दिउँसो २ बजेतिर कीर्तिपुरमा चुनावी सभाको आयोजना गरिएको हो। यस कार्यक्रममा प्रवक्ता देवराज चालिसे, नेता राजन केसी लगायत उपस्थित छन्।
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा उपस्थित छैनन्।कांग्रेसले काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्न लागेको हो। कीर्तिपुरपछि भक्तपुरको ठिमीमा कांग्रेसको चुनावी सभा आयोजना हुँदैछ। भक्तपुर २ मा कांग्रेसबाट पत्रकार कबिर राणा उम्मेदवार छन्।

काठमाडौं-२ को पेप्सीकोला टाउनप्लानिङमा पनि चुनावी सभा हुँदैछ। त्यहाँ कबिर शर्मा कांग्रेसका उम्मेदवार छन्।
काठमाडौं-४, काठमाडौं-७ को बालाजु, काठमाडौं-५ र ६ मा पनि कार्यक्रम आयोजना गरिएको छ।













