अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा परी सशस्त्र बलका प्रमुख अब्दुल रहिम मुसाभी र रक्षामन्त्री अजिज नासिरजादेह मारिएका इरानको आधिकारिक एजेन्सी आईआरएनएले पुष्टि गरेको छ ।
इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीई, उनका सुरक्षा सल्लाहकार अली शामखानीका साथै आईआरजीसीका ‘कमान्डर इन चिफ’ मोहम्मद पाकपुरको हत्या भएको पनि पुष्टि गरिसकेको छ ।

आईआरएनएले सशस्त्र बलका थप कमान्डर पनि मारिएका र उनीहरूको नाम पछि घोषणा गरिने जनाएको छ ।













