साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ४ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ५ अर्ब ६४ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३४१ वटा धितोपत्रको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६४ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।













