सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बलेफी गाउँपालिका समितिको एकता विस्तारित बैठक तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम बलेफीमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम पार्टी केन्द्रका अनुशासन आयोग सदस्य क. शिव न्यौपानेको प्रमुख आतिथ्यमा तथा नेता क. गणेश वि.क.को विशेष आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, क. पदमनाथ नेपाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि क. शिव न्यौपानेले पार्टी एकता, अनुशासन र जनसम्बन्ध सुदृढ गर्दै जनताको पक्षमा क्रियाशील हुन आवश्यक रहेकोमा जोड दिनुभयो। विशेष अतिथि क. गणेश वि.क.ले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै वैकल्पिक राजनीतिक धार निर्माण गर्नु अपरिहार्य भएको बताउनुभयो।
कार्यक्रमकै अवसरमा बलेफी–७ धन्सार निवासी नेकपा एमालेका पुराना नेता क. चित्रखर पराजुलीले एमाले परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको कालिप्रसाद लामाले जानकारी दिनुभयो ।
बैठकले आगामी दिनका लागि महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। जसअन्तर्गत वडा समितिहरूको एकता विस्तारित बैठकको मिति तय गर्नुका साथै पुस ५ गते काठमाडौंमा आयोजना हुने सन्देश सभामा बलेफी गाउँपालिकाबाट सहभागी हुने संख्या निर्धारण गरिएको छ।













