प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छिन्।
मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गर्न बोलाइएको हो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्र पठाएका हुन्।













