नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ।विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन्।
बस्नेत चढेको गाडीमा रङ प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले जानकारी दिए।ती युवाले मसी प्रहार गर्ने प्रयास गरेको र गाडीमा मसी नलागेको उनले दाबी गरे।

‘उनीहरू चिया खान भनेर बसेका रहेछन्। सुरक्षाकर्मीहरू पनि त्यहीँ थिए। त्यसैबीच रातो रङ हान्ने ।अहिले बस्नेत इटहरीतर्फ गइसकेको प्रहरीले जनाएको छ।













