काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।
महानगरपालिकाले आज(बिहीवार) सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुराेध गरेको छ।

महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।
महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।







