इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेका छन्।
बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै दौरान तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेको सहभागीहरूले बताए।

“म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौँ। अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो,” बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले भने, “प्रअलाई निर्णय लेख्न केही असहज भएको देखिएपछि म सिकाइरहेको थिएँ,।”
विव्यस बैठक बोलाउने सन्दर्भमा प्रअ भण्डारीले काटेको पत्रमा मिति नमिलेको भन्दै उनले कुटपिट गरेको एक शिक्षकले बताए ।




