सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प
ओके टि भि नेपाल
२०८२ कार्तिक ११, मंगलवार ०८:२९
Shares
काठमाडौँ : सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
भूकम्प ४.३ म्याग्निच्यूड मापन गरिएको केन्द्रले जनाएको छ।