सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको उनले जानकारी दिए ।
‘नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।













