सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको भैंसेस्थित सुनकोशी नदीको भुमरीमा सोमबार एक बालकको शव फेला परेको छ।
बन्देउस्थित सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख एसपी अच्युत मजगैयाका अनुसार करिब १२ वर्ष उमेरका ती बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो।

हालसम्म बालकको नाम र ठेगाना खुल्न सकेको छैन। उनलाई कुन स्थानबाट बगाएर ल्याएको हो भन्नेबारे पनि यथार्थ विवरण पत्ता लाग्न बाँकी रहेको प्रहरीको भनाइ छ।




