सिन्धुपाल्चोक अरनिको राजमार्ग खण्डमा दूध बोक्ने मिनी भ्यान दुर्घटना हुँदा चालक नवराज खुलाल बेपत्ता भएका छन्।
मङ्गलबार बिहान करिब ५:२० बजे सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनि भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा बलेफीस्थित शिलापर्वतमा दुर्घटनामा परेको हो। भ्यान अनियन्त्रित भई करिब ५० मिटर तल भोटेकोशी नदीमा खसेको थियो।

भ्यान चलाइरहेका काभ्रे पनौती नगरपालिका–१० पस्थलीका २२/२३ वर्षीय नवराज खुलाल बेपत्ता भएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला भ्यानमा उनी मात्र सवार थिए।
जिल्ला प्रहरीका अनुसार अहिले प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको नेतृत्वमा रहेको टोलीले घटनास्थलमा खोजतलास गरिरहेको छ।













