यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै, हालको परिस्थितिमा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।
विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ । विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

‘विभागको सूचना प्रविधि प्रणाली पुनःसञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ, वितरण तथा सम्बन्धित अन्य सेवा बन्द रहनेछ, ।













