बन्द भएका चलचित्र हलहरू भोलिबाट खुलाउने विषयमा चलचित्र संघले छलफल सुरु गरेको छ ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार सकेसम्म भोलिबाट हलहरू सुचारु हुनसक्नेछ । उनले भने, ‘भोलिबाट हलहरू खुलाउने विषयमा छलफल सुरु गरेका छौँ । वितरकहरूसँग पनि छलफल गर्दैछौं । परिस्थिति सहज हुँदै गएकाले भोलिबाट हल खुल्ने सम्भावना छ ।’














