काठमाडौं: जन्मभूमि सामाजिक संस्थाको पाँचौँ वार्षिक साधारण सभा नासिका रेष्ट्रो, टिकाथलीमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा व्यवसायी निमनाथ फुयाँल प्रमुख अतिथि रहनुभएको थियो।
साधारण सभाले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै, आगामी वर्षका लागि कार्यक्रम र बजेट पनि पारित भएका छन्। अध्यक्ष श्रेष्ठले आगामी दिनमा युवा सशक्तिकरण र विपन्न परिवारलाई सहयोग गर्ने योजना रहेको बताउनुभयो।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।













