सिन्धुपाल्चोकको स्याउलेस्थित गुन्सा बाख्राफार्ममा बुधबार बिहान करेन्ट सर्ट हुँदा आगलागी भई ठूलो क्षति भएको छ। आगलागीमा फार्म सञ्चालक बिशाल श्रेष्ठ घाइते भएका छन्।
करीब ३५ वटा बाख्रा सुरक्षित निकालिए पनि बाँकी खोरभित्रै जलेर मरेको अनुमान छ। दुई वर्षदेखि सञ्चालनमा रहेको फार्ममा करिब ८० वटा बाख्रा रहेका थिए। स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पूर्णरूपमा निभाउन नसक्दा क्षति बढेको प्रहरीले जनाएको छ।














