काठमाडौं — यातायात मजदुरसँग सम्बन्धित तीन संगठनहरूले पूर्वाधार तयार नगरी १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारसँग माग गरेका छन्।
संविधानअनुसार राष्ट्रलिपि देवनागरी प्रयोग गर्नुपर्ने मर्म विपरीत अंग्रेजी लिपि मात्र प्रयोग गरिएको र आरएफआईडी चिप्स पढ्ने प्राविधिक पूर्वाधार पनि नभएको कारण निर्णय कार्यान्वयन नगर्नुपर्ने उनीहरूको भनाइ छ।

संगठनहरूले स्वदेशमै नम्बर प्लेट उत्पादन गर्ने वातावरण बनाइ, सुरक्षा र गोपनीयता सुनिश्चित गरी सरोकारवालासँग छलफलपछि मात्र सहुलियत शुल्कमा अनिवार्य गर्नुपर्ने माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा धर्मराज भण्डारी, भीमज्वाला राई र दीपक केसीले हस्ताक्षर गरेका छन्।













