निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा पुगेका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्था, व्यापार संघ, नागरिक समाज, सञ्चारकर्मी र स्थानीयबासीसँग परिचयात्मक तथा अन्तरक्रिया गरेका छन्।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको कार्यक्रममा उनले शान्ति सुरक्षा, प्रहरी–नागरिक सहकार्य, लागू औषध नियन्त्रण, अपराध न्यूनीकरण र विपद् व्यवस्थापनमा सबैको साथ आवश्यक रहेको बताए।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीच हातेमालो अपरिहार्य रहेको धारणा राखे। कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका एसपी रुकेश तण्डुकार, डिएसपी दक्ष कुमार बस्नेतसहितका प्रहरी अधिकारीहरूको उपस्थिति थियो।













