राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीका उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले उनको स्वास्थ्यमा समस्या देखिएको बताएका हुन्।
‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ। भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ। लगत्तै सभापतिलाई भेट्न आएँ। उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’।

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका थिए।
उपसभापति अर्यालले सभापति लामिछानेको शरीरमा केही परिवर्तन देखिएकाले ट्रमा सेन्टरबाट चिकित्सकको टोली आएर परीक्षण गरेको पनि बताए।













