काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए ।
‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।’

तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए। उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताए ।













