नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
गतसाता शुक्रबार मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुन आइतबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्यांकले देखाएकाे छ।
चाँदी आइतबार २३ सय ३० रूपैयाँमा कारोबार भइहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी भने प्रतिऔंस ३८.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













