प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ । आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।
प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो ।













