सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।
दफा ५६ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्मको ” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्मको” भन्ने शब्दहरू राखिएका छन्।















