गृह मन्त्रालयले दुई वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।
सोमबार दुई जना सिडिओलाई गृह मन्त्रालयमा सरूवा गरेको हो।

मन्त्रालय स्रोतका अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा.टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।
असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको भन्दै आलोचना समेत भएको थियो।













