रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्।
प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका-५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार उनी मृत भेटिएको सूचना प्रहरीले बेलुका ९ बजे प्राप्त गरेको थियो।
प्रहरी पुग्दा रवीन्द्र झुन्डिएको डोरी फुकाएर प्रहरीले गौरस्थित ग्रान्डी अस्पताल पुर्याएको थियो।













