सिन्धुपाल्चोक – स्थानीय तहको सम्पुर्ण वडा कार्यालयहरु मार्फत आउँदो श्रावण १ गतेदेखि अनिवार्य रुपमा नागरिकताको सिफारिस Online प्रणालीबाट गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्णय गरेको छ ।
यो संगै बाह्रबिसे नगरपालिकाका १-८ वडाहरु सिफारिस भएका छन्, भने वडा नं ९ सिफारिस हुन बाँकी रहेको छ।साथै यस व्यवस्था हुनका लागि सुचना तथा पत्राचार भए बमोजिम सो को कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध समेत गरेको छ।

यस व्यवस्थाले सेवाग्राहीले घरमै बसेर सिफारिसका लागि आवेदन दिन सक्ने, कार्यसम्पादनमा पारदर्शिता र छरितो सेवा प्रवाह हुने विश्वास गरिएको छ।
अनलाइन सिफारिस प्रणाली लागू भएपछि वडा कार्यालयको भीड व्यवस्थापनमा सहजता आउने, सेवामा समय र खर्च बचत हुने, साथै नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा आधारित सम्भावित झन्झट न्युनिकरण हुने जनाइएको छ।













